सरकारले धान किन्ने प्रक्रिया अघि बढायाे
ratopati.com · Tue Nov 03 12:48:43 UTC 2026

काठमाडाैँ। सरकारले धान किन्ने प्रक्रिया अघि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबिचको समन्वयमा सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो।
दुई मन्त्रालयबिच भएको समन्वयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाले किसानबाट मोटा धान खरिद गर्ने भएको हो । यसैसँगै नियमित रुपमा अन्य जिल्लामा पनि खरिद गर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)