सरकारी निर्णय कुर्दै भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण ठप्प
onlinekhabar.com · Tue Nov 03 12:45:22 UTC 2026

१७ कात्तिक, काठमाडौं । १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजनामा क्षति पुर्यायो । बाढीबाट १२ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन छ ।
नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीका ७ तथा निजी क्षेत्रका ७ आयोजना बाढीबाट प्रभावित भएका छन् । बाढी आएको दुई महिनाभन्दा बढी समय बितिसकेको छ । तर, क्षतिग्रस्त जलविद्युत् आयोजना पुनर्निर्माण कसरी गर्ने भन्ने विषय अझै टुंगिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)