होर्मुजमा अमेरिकी आक्रमण, इरानको केशम टापुमा विस्फोट
baahrakhari.com · Tue Nov 03 12:49:03 UTC 2026

काठमाडौं । इरानको केशम टापुमा सोमबार राति लगातार विस्फोट का आवाज सुनिएका छन् । यसैबीच, अमेरिकी सेनाले होर्मुज जलमार्गमा इरानी सैन्य लक्ष्यहरूलाई लक्षित गरी ‘रक्षात्मक आक्रमण’ गरेको अमेरिकी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले सो जानकारी दिएका हुन् ।
इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार, सोमबार अबेर टापुमा एकपछि अर्को विस्फोट भएका थिए । प्रत्यक्षदर्शीले टापुको दक्षिणी तटमाथि दुईवटा विमान उडिरहेको देखेको बताएका छन् । इरानको समाचार संस्था फार्सले बन्दर लेन्गेहसहरमा पनि समुद्रतर्फबाट विस्फोटका आवाज सुनिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)