सुरक्षा जोखिमका कारण रोकिएको ई–जीपी प्रणाली नयाँ संस्करणसहित पुनः सञ्चालनमा, के छन् फिचर ?
clickmandu.com · Tue Nov 03 13:05:15 UTC 2026

काठमाडौं । सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली (ई–जीपी) नयाँ संस्करणमार्फत पुनः सञ्चालनमा आएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सो प्रणाली पुनः सुरु भएको जानकारी दिएको हो।
कार्यालयले सबै सार्वजनिक निकायलाई निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सम्पूर्ण बोलपत्र नयाँ प्रणालीबाट मात्रै प्रकाशन गर्न निर्देशन दिएको छ। यसअघिको ई–जीपी प्रणालीमा उच्च सुरक्षा जोखिम भेटिएपछि गत भदौ ११ गतेदेखि नयाँ सूचना प्रकाशनको काम रोकिएको थियो। त्यसको विकल्पमा नयाँ सफ्टवेयर विकास गरी खरिद प्रक्रियालाई पुनः सुचारु गरिएको कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)