रूकुममा पक्राउ परेका फरार २ कैदीलाई डोल्पा लगियो
setopati.com · Tue Nov 03 13:12:06 UTC 2026

डोल्पा जिल्ला कारागारबाट सुरूङ खनेर भागेका आठ जना कैदीबन्दीमध्ये दुई जना पक्राउ परेका छन्। मंगलबार बिहान रूकुम पश्चिममा पक्राउ परेका उनीहरूलाई डोल्पा लगिएको छ।
पक्राउ पर्नेमा रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन्। दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)