मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद् बैठक: राष्ट्रपतिसमक्ष दुई अध्यादेश सिफारिस, जग्गा बाँडफाँटको समयावधि २०८६ असारसम्म थप

bishowkhabar.com · Tue Nov 03 13:08:45 UTC 2026

काठमाडौं– सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले एसियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)