मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी
kendrabindu.com · Tue Nov 03 13:33:58 UTC 2026

क्वालालम्पुर । अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । उक्त पूर्वाधारले स्थानीय समुदायका साथै पोर्ट डिक्सनमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर सञ्चालनलाई सहयोग पुर्याउनेछ ।
गुगलले स्वच्छ ऊर्जा क्षेत्रका लागि स्थानीय दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले नयाँ कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)