हुम्लाको ग्रामीण सडकमा यातायात सञ्चालनमा सास्ती
gorkhapatraonline.com · Tue Nov 03 13:32:03 UTC 2026

सात वटै गाउँपालिकाका ग्रामीण सडकहरुमा यातायातका साधन सञ्चालनमा सास्ती खेप्नु परेको छ । पछिल्लो भारी वर्षाले ती सडकहरुमा बाढीपहिरोले क्षति पुर्याएको भएपनि हालसम्म मर्मत कार्य हुननसक्दा यातायात सेवा सञ्चालनमा समस्या भएको हो ।
बोलेरो चालक बिशाल बुढाले ग्रामीण सडकको मर्मत कार्य हुन नसक्दा सास्ती खेपेर यातायातका साधन सञ्चालन गर्नु परिरहेको बताउनुभयो । चालक र यात्रुहरु मिलेर सडकमा खसेका ढुङ्गा पन्छाउने, खाल्डाखुल्डीमा माटो भर्ने, पहिरोसमेत फाल्ने कार्य आफुहरुले गर्नु सामान्य जस्तै भएको उहाँले बताउनुभयो । सिमकोट, बरगाउँ, ठेहे र दोजामसम्मको सडकको अवस्था निक्कै दयनीय अवस्था रहेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)