तिहार नजिकिएसँगै माटाका पाला बनाउन भ्याइनभ्याइ !
kendrabindu.com · Tue Nov 03 13:42:30 UTC 2026

काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई माटाका पाला बनाउन भ्याइनभ्याइ छ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारमा लक्ष्मीपूजाका दिन माटाका पाला बाल्ने परम्परा रहेकाले भक्तपुरको दरबार स्क्वायर आसपासस्थित कुमाले टोलका प्रजापति समुदायका सदस्यहरू यतिबेला पाला बनाउन व्यस्त छन् ।
कुमाले टोलमा अहिले कसैले माटो मुछिरहेका छन् त कसैले चक्रमा माटो राखेर पालालाई आकार दिइरहेका छन् । कोही तयार भएका पाला सुकाउँदै छन् भने कोही भट्टीमा पोलेर बजार पठाउने तयारीमा जुटेका छन् । तिहारको समयमा पाला बढी बिक्री हुने भएकाले यहाँका अधिकांश परिवार बिहानदेखि साँझसम्म पाला बनाउन खटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)