मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएल : पोखराद्वारा लुम्बिनीसामु ९८ रनको लक्ष्य प्रस्तुत

barnanmedia.com · Tue Nov 03 13:45:31 UTC 2026

नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो । उसका लागि चमिका करुणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)