सिमकोटबाट देखिएको आकर्षक हिमाल (फोटो फिचर)
gorkhapatraonline.com · Tue Nov 03 14:10:42 UTC 2026

मौसम सफा भएपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आसपासका हिमालहरु हिमपातले सेताम्मे देखिएका छन् । दुई दिन लगातार हिमपातपछि मौसम सफा हुँदा ती हिमालहरु सेताम्मे देखिएका हुन ।
सिमकोट नजिकका पञ्चमुखी, रलिङ र बोक्सी हिमाल हिमपातपछि सेताम्मे देखिएपछि मौसम रमणीय देखिएको स्थानीय नन्द रावत बताउनुहुन्छ । यसले गर्दा सदरमुकामबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरन्जन लिन र दृश्यवलोकन गर्न सहज भएको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)