मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोहितको कप्तानी इनिङग्समा लुम्बिनी सहज जितसहित शीर्ष स्थानमा, पोखराको लगातार तेस्रो हार

setopati.com · Tue Nov 03 14:11:00 UTC 2026

नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीको जितमा कप्तान रोहित पौडेल र निरोसन डिक्वेलाले उत्कृष्ट ब्याटिङ गरे। रोहितले अविजित ४७ रन बनाए। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)