मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनीको जितले अंकतालिकामा उथलपुथल, पोखराको प्लेअफ दौड कठिन

nepalviews.com · Tue Nov 03 14:29:38 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल ३) मध्य चरणमा आइसकेको छ । यही कात्तिक ९ गते सुरु भएको लिगमा आजसम्म १३ वटा खेल भइसकेका छन् । आज भएका दुई खेलले अंकतालिकामा उथलपुथल ल्याइदिएको छ भने अब प्लेअफ दौड पनि रोमाञ्चक बनेको छ ।

आज साविक विजेता लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि विशाल जित हात पारी अंकतालिकामा शीर्षस्थान कब्जा गरेको । जारी लिगमा अपराजित एक मात्र टिम लुम्बिनीले ३ खेलमा एक ५ अंक जोडेको छ । र उसको एक खेल रद्द भएका कारण अंक बाँडिएको थियो । आज लुम्बिनीले पोखरालाई पहिला ९७ रनमा रोक्यो भने लक्ष्य पछ्याउँदा १२ औँ ओभरमै खेल समाप्त गरिदियो । लुम्बिनीले जारी लिगको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ८७ रनमा रोकेको थियो । जारी लिगमा लुम्बिनीका बलरले विपक्षीलाई लगातार दोस्रोपटक १०० रनभन्दा तल रोकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)