तालमा डुबेर बालिकाको मृत्यु
ratopati.com · Tue Nov 03 14:35:38 UTC 2026

दाङ । लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा आज तालमा खसेर एक बालिकाको मृत्यु भएको छ ।
परिवारसँगै पिकनिक (वनभोज) खान गएकी गढवा गाउँपालिका–२, कोठरीकी छ वर्षीया कृतिका चौधरीको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)