मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा सुरु

annapurnapost.com · Tue Nov 03 14:08:49 UTC 2026

इलाम : इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा सुरु भएको छ। नगरपालिकाको केन्द्र फिक्कलमा मंगलबार नेपाली कांग्रेस संसदीय दलका सचेतक तथा इलाम क्षेत्र नं. १ का संघीय सांसद निष्कल राई र सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले संयुक्त रूपमा सेवा कार्यालयको उद्घाटन गरेका हुन्।

कार्यक्रममा सांसद राईले स्थानीय तहबाटै यस्तो संवेदनशील सेवा प्राप्त हुनु संघीयता कार्यान्वयनको बलियो कडी भएको बताए। कार्यवाहक नगर प्रमुख बरालले कार्यालय सञ्चालनका लागि वार्षिक करिब डेढ करोड रुपैयाँ खर्च हुने र त्यसले पालिकाको अन्य विकास बजेटमा केही दबाब सिर्जना गरे पनि नागरिकले आफ्नै घरदैलोमा पाउने सेवा र दीर्घकालीन लाभका अगाडि यो खर्च न्यायोचित हुने उल्लेख गरे। नयाँ कार्यालयमा भूमि प्रशासन अधिकृत सुवर्ण ढकालको नेतृत्वमा ६ जना तथा नापी अधिकृत सागर सिंहको नेतृत्वमा तीन जना कर्मचारी खटिएका छन्। जिल्ला भूमि प्रशासन अधिकृत सुनिल उप्रेतीले सुरुवाती चरणका प्राविधिक समस्या सुल्झाउन सहयोग र समन्वय गर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)