मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

टोकियोमा चोरी भएको २ लाख ९० हजार डलरको घडी माफीपत्रसहित फिर्ता भएपछि...

ratopati.com · Tue Nov 03 14:52:17 UTC 2026

टोकियो । जापानको राजधानी टोकियोस्थित एक पसलबाट चोरी भएको करिब दुई लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको छ । चोरी भएको एक सातापछि घडी प्याकेजमार्फत पसलमा फिर्ता पठाइएको हो ।

ग्राहकको भेषमा पसल पुगेका एक व्यक्तिले अडेमार्स पिगुएट ब्रान्डको घडी लगाएर हेर्ने क्रममा नाडीमै राखेर भागेका थिए । तर, चोरी भएको घडी प्याकेजमा राखेर पसलमा पठाइएको थियो । प्याकेजसँगै ‘माफ गर्नुहोस्’ लेखिएको हस्तलिखित नोटसमेत भेटिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)