मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

ratopati.com · Tue Nov 03 15:04:40 UTC 2026

झापा । तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले मंगलबार भद्रपुरमा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी पूर्वतयारी अभ्यास गरेको छ।

भद्रपुर नगरपालिकासँगको सहकार्यमा गरिएको अभ्यासको उद्देश्य सम्भावित आगलागीका घटनामा तत्काल प्रतिकार्य गरी उद्धार तथा आगो नियन्त्रणमार्फत जनधनको क्षति न्यूनीकरण गर्नु रहेको सशस्त्र प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)