विधायन व्यवस्थापन समितिबाट उपसमितिले बुझाएका दुई प्रतिवेदन पारित
nepalpress.com · Tue Nov 03 15:37:54 UTC 2026

काठमाडौं । ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस, उपसमितिको प्रतिवेदन, २०८३ र विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमितिको प्रतिवेदन, २०८३ दुबैलाई विधायन व्यवस्थापन समितिको आजको बैठकबाट सर्वसम्मतिले पारित गरेको छ ।
दुबै उपसमितिले केही दिन अघि मात्रै आफ्नो प्रतिवेदन विधानयन व्यवस्थापन समितिलाई बुझाएका थिए । डाक्टर अञ्जान शाक्य संयोजक रहेको ७८ पृष्ठको ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस, उपसमितिको प्रतिवेदन, २०८३ को सदस्यमा कृष्णप्रसाद सिटौला, खम्बबहादुर खाती, झक्कुप्रसाद सुवेदी, रामकुमारी झाँक्री, राजेन्द्रलक्ष्मी गैरै र विष्णुदेवी पुडासैनी रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)