मैदानमा गोलरक्षकसँग ठोक्किएका स्पेनिस स्ट्राइकरको निधन
nepalviews.com · Tue Nov 03 15:33:17 UTC 2026
काठमाडौं । स्पेनको दोस्रो डिभिजनको खेलका क्रममा गम्भीर चोट लागेका टेनेरिफका स्ट्राइकर जेसस डे मिगेलको निधन भएको छ । गोलरक्षकसँग मैदानमा ठोक्किएर घाइते भएका ३० वर्षीय मिगेलको मंगलबार बिहान निधन भएको हो ।
सोमबार एफसी एन्डोरासँगको खेलका क्रममा गोलरक्षक जेसस ओवोनोसँग जोडदार रूपमा ठोक्किँदा मिगेलको टाउको र छातीमा चोट लागेको थियो । उक्त घटनापछि ओवोनोलाई रातो कार्ड देखाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)