मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानद्वारा दुई अमेरिकी ड्रोन खसालेको दाबी

ratopati.com · Tue Nov 03 16:32:59 UTC 2026

काठमाडौँ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले मंगलबार होर्मोज्गान प्रान्तमा दुई वटा अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ ।

आईआरजीसीको होर्मोज्गान प्रान्तस्थित मुख्यालयले जारी गरेको विज्ञप्तिअनुसार ती ड्रोनहरूलाई बन्दरखमीर सहरको आकाशमा एकीकृत हवाई प्रतिरक्षा प्रणालीको सहयोगमा खसालिएको हो । यद्यपि, ड्रोन खसालिएको यस दाबीबारे अमेरिकाको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)