रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा
ratopati.com · Tue Nov 03 16:36:53 UTC 2026

गुल्मी । पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदो सहित ठुलो चट्टान खसेपछि सोमबार अपराह्नदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । सडकमा ठुलो चट्टान खसेका कारण एक्साभेटरको सहायताले तत्कालका लागि उक्त चट्टानको केही भाग फुटाएर यातायात सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)