जवाफदेहिता अभिवृद्धि गर्न कार्यसम्पादन सम्झौता
gorkhapatraonline.com · Tue Nov 03 16:44:03 UTC 2026

बागमती प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले संस्थागत जवाफदेहिता अभिवृद्धि र निर्धारित लक्ष्य समयमै हासिल गर्ने उद्देश्यले मातहतका कार्यालय तथा महाशाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक प्रगति समीक्षा गर्दै कार्यसम्पादन सम्झौता गरेको हो ।
मन्त्रालयका सचिव महेश भट्टराईको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा मन्त्रालय तथा मातहतका प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, सहकारी तालिम केन्द्र, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयको कार्यक्रमगत तथा वित्तीय प्रगतिको समीक्षा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)