बेल्ट एन्ड रोड यू–१९ सिरिजः नेपालको विजयी सुरुआत
ratopati.com · Tue Nov 03 17:12:19 UTC 2026
काठमाडौँ । चीनमा जारी ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा नेपाली महिला क्रिकेट टोलीले विजयी सुरुआत गरेको छ । मंगलबार सम्पन्न खेलमा थाइल्यान्डलाई सात विकेटले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
खेलमा थाइल्याण्डले दिएको ३६ रनको झिनो लक्ष्य नेपालले नौ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । नेपालको जितमा साना प्रवीनले १५, टीका साहले अविजित १२ र कप्तान सोनी पाख्रिनले पाँच रन जोडिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)