मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

gorkhapatraonline.com · Tue Nov 03 17:15:28 UTC 2026

पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।

सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदो सहित ठूलो चट्टान खसेपछि सोमबार अपरान्हदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो । सडकमा ठुलो चट्टान खसेका कारण एक्साभेटरको सहायताले तत्कालका लागि उक्त चट्टानको केही भाग फुटाएर यातायात सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)