गुर्जा हिमाल र ग्रामीण सौन्दर्य (फोटोफिचर)
gorkhapatraonline.com · Tue Nov 03 18:10:54 UTC 2026

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी र ताकम गाउँबाट देखिने गुर्जा हिमालको मनमोहक दृश्यसँगै हिमालको काखमा अवस्थित सुन्दर ग्रामीण बस्तीले पर्यटकको मन लोभ्याउँछ ।
मौसम खुलेसँगै टलक्क टल्किएको गुर्जा हिमाल र यसको काखमा अवस्थित धारापानी, ताकम, सिवाङ, मच्छिम र मुना गाउँको प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गर्दछ । मौलिक कला, संस्कृति र परम्परागत ग्रामीण जीवनशैलीले सजिएका यी गाउँले पर्यटकलाई थप आकर्षित गर्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)