ट्राफिक प्रहरीलाई सामाजिक सञ्जाल प्रयोगसम्बन्धी अनुशिक्षण
ratopati.com · Tue Nov 03 18:07:37 UTC 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आफ्ना प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अनुशिक्षण प्रदान गरेको छ । प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार, मर्यादित र अनुशासित बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका विभिन्न कार्यालयमा कार्यरत ७२० जना ट्राफिक प्रहरी कर्मचारीलाई मंगलबार सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)