अवैध रूपमा भित्र्याइएका सवारीसाधन नियन्त्रणमा
ratopati.com · Tue Nov 03 17:59:05 UTC 2026

पर्सा । प्रहरीले अवैध रूपमा भित्र्याइएका चार पाङ्ग्रे निजी सवारीसाधन नियन्त्रणमा लिएको छ । लामो समयदेखि अवैध रूपमा भन्सार छलेर नेपाल भित्र्याइएका सवारीसाधन पर्साको ग्रामीण तथा बजार क्षेत्रमा सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।
वीरगन्ज महानगरपालिका–१६ इनर्वागाउँस्थित सडकखण्डबाट भारतीय बोलेरो गाडी र मारूती सुजुकी कार बेवारिसे अवस्थामा फेला पारी भन्सार कार्यालयमा दाखिला गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)