मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कञ्चनपुरमा आठ सय खेलाडी प्रतिस्पर्धामा

ratopati.com · Tue Nov 03 18:31:06 UTC 2026

कञ्चनपुर । कर्णाली प्रदेशमा सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा खेलाडी छनौट सुरु भएको छ । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।

प्रतियोगिताको उद्घाटन आज सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले गरे । महेन्द्रनगरस्थित कभर्डहलमा तीन दिनसम्म सञ्चालन हुने छनौट प्रतियोगिता ८४० खेलाडी प्रतिस्पर्धामा रहेको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जानकारी दिए । उनका अनुसार २३ वटा खेल विधामा खेलाडी प्रतिस्पर्धामा छन् । तीमध्ये ११५ जना छनौट हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)