अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्याउँदै त्रिभुवन विश्वविद्यालय
barnanmedia.com · Tue Nov 03 22:24:14 UTC 2026

त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्याइने भएको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत उनीहरूसम्म सुरक्षित रूपमा पु¥याइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)