‘सुन नकिन्नु’ भन्ने मोदीको अपिल बेवास्ता : भारतमा सुन तस्करी १५०० प्रतिशतले बढ्यो
barnanmedia.com · Tue Nov 03 22:41:15 UTC 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई सुन नकिन्न पटक–पटक आग्रह गरे पनि भारतमा यसको अवैध आयात (तस्करी) मा अप्रत्याशित वृद्धि भएको छ । जुलाई–सेप्टेम्बर त्रैमासिक अवधिमा भारतमा सुनको तस्करी कथित रूपमा १५०० प्रतिशतले बढेको विश्व स्वर्ण परिषद् (डब्ल्यूजीसी) को पछिल्लो प्रतिवेदनले देखाएको छ ।
परामर्शदाता संस्था ‘मेटल्स फोकस’ को तथ्याङ्क उद्धृत गर्दै डब्ल्यूजीसीले जनाएअनुसार जुलाई–सेप्टेम्बर त्रैमासमा भारतमा तस्करी भई भित्रिएको सुनको परिमाण बढेर ५० टन पुगेको छ । गत वर्षको सोही अवधिमा यो परिमाण केवल ३ टन मात्र रहेको थियो । सन् २०२६ को जुलाई–सेप्टेम्बरमा भएको यो अवैध आयात सन् २०२३ पछिकै सबैभन्दा उच्च परिमाण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)