कुकुर तिहार रिल प्रतियोगिता हुँदै, विजेतालाई एक लाख पुरस्कार
bishowkhabar.com · Wed Nov 04 00:50:19 UTC 2026

काठमाडौं – नेपाली मौलिक चाडपर्व, संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको निर्देशनमा आयोजना हुन लागेको प्रतियोगितामा उत्कृष्ट भिडियो रिल बनाउनेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
नेपाल पर्यटन बोर्डका अनुसार प्रतियोगितामार्फत कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली समाजमा रहेको जीवजन्तुप्रतिको प्रेम र सम्मानलाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको छ । नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमको प्रयोग बढाउने योजनाअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)