मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुधारपछि पुनः सञ्चालनमा आयो सार्वजनिक खरिदको ई–जीपी प्रणाली

corporatenepal.com · Wed Nov 04 00:52:22 UTC 2026

काठमाडौं । सरकारले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) सुधार गरी पुनः सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबारदेखि प्रणाली पुनः सञ्चालनमा ल्याएको हो ।

यसअघि सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले प्रणालीमा सुरक्षा जोखिम देखिएको भन्दै गत भदौ ११ गतेदेखि ई–जीपी सेवा बन्द गरेको थियो । कानुनी व्यवस्थाअनुसार सबै सार्वजनिक निकायले निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रिय बोलपत्र यही प्रणालीमार्फत प्रकाशन गर्नुपर्ने हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)