बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
corporatenepal.com · Wed Nov 04 00:44:26 UTC 2026

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज पनि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाविरुद्धको औषधि खुवाइँदैछ। कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। यसअघि मंगलबार पनि बालबालिकालाई यी औषधि खुवाइएको थियो।
स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानबाट करिब २१ लाख बालबालिकाले भिटामिन ‘ए’ र २० लाखले जुकाविरुद्धको औषधि पाउनेछन्। उनले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको पायक पर्ने केन्द्रमा लगेर औषधि खुवाउन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)