युक्रेनमा रुसी हवाई आक्रमण : विद्यालय भवनमा नौ बम खस्दा कम्तीमा ३३ जनाको मृत्यु
ratopati.com · Wed Nov 04 01:00:56 UTC 2026

जापोरिजिया । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य ५० जना बेपत्ता भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उक्त घटनालाई रुस–युक्रेन युद्धकै सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताएका छन् । स्थानीय प्रशासनका अनुसार जापोरिजिया क्षेत्रको कोमिशुभाखा नगरस्थित उक्त भवनमा सर्वसाधारणले आश्रय लिइरहेका थिए । भवनलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा समेत प्रयोग गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)