मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सन्तानब्बे जनाविरुद्ध भ्रष्टाचार मुद्दा

gorkhapatraonline.com · Wed Nov 04 01:01:12 UTC 2026

। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध ७३ करोड रुपियाँ बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध दायर गरेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो ।

यसअघि आयोगले पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा पहिलो भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जुन मुद्दा विशेष अदालतमा विचाराधीन छ । हदबन्दी छुट अन्तर्गत रिजाल क्यानिङ एन्ड कम्पनी सुनसरीले प्राप्त सरकारी सार्वजनिक जग्गा सट्टापट्टाका नाममा बिक्री गरी निजी बनाएको र त्यसबाट गैरकानुनी लाभ लिएको आरोप लगाउँदै आयोगले मङ्गलबार विशेष अदालत काठमाडौँमा दोस्रो मुद्दा दायर गरेको हो । यो पूर्वप्रधानमन्त्री नागेन्द्रप्रसाद रिजालको परिवारसँग जोडिएको कम्पनी हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)