भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै
nepalviews.com · Wed Nov 04 01:10:15 UTC 2026

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा आज बुधबार नेपाल आउँदैछन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी काठमाडौँ आउन लागेका हुन्। भ्रमणका क्रममा दुवै देशका परराष्ट्र सचिवबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
छलफलका क्रममा दुवै पक्षले नेपाल-भारत सम्बन्धका समग्र पक्षहरूको समीक्षा गर्नुका साथै द्विपक्षीय हितका विविध विषयहरूमा विचार आदानप्रदान गर्नेछन्। यस वार्ताले दुई देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउने विश्वास लिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)