मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित

kendrabindu.com · Wed Nov 04 01:11:54 UTC 2026

क्वालालम्पुर । एसियाली फुटबल महासंघ (एएफसी) ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो असाधारण परिस्थितिका कारण साउदी अरबमा हुने सन् २०२७ को एसियन कप फुटबल प्रतियोगिता जनवरीबाट डिसेम्बरमा सार्ने निर्णय गरेको छ ।

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र हुथी विद्रोही आक्रमणपछि पछिल्लो केही सातायता साउदी अरबमा हुने विभिन्न खेलकुद प्रतियोगिता रद्द तथा स्थगित हुँदै आएको छ । यसअघि सन् २०२७ जनवरी ७ देखि फेब्रुअरी ५ सम्म हुने तय भएको एसियन कप अब सन् २०२७ डिसेम्बर २३ देखि सन् २०२८ जनवरी २१ सम्म सञ्चालन हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)