कृषिमा स्नातक गरेका युवाको रोजाइमा पुष्पखेती
kendrabindu.com · Wed Nov 04 01:26:37 UTC 2026

बाँके । बाँकेको नेपालगन्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रूपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् । स्थानीय बेदराज आर्चाय, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सानो लगानी गरेर ठुलो प्रतिफल प्राप्त हुने विश्वास राखेका छन्।
‘फिट फार्म’ नामक संस्थामार्फत अनौपचारिक रूपमा सल्लाह गरेर पहिलो अभ्यासका रूपमा पुप्पखेती गरिएको संस्थाका सञ्चालक वेदराज आर्चायले जानकारी दिए। ‘अहिले फूलको अग्रिम ‘बुकिङ’ भइरहेको छ र खुद्रा पनि बिक्री गरिरहेका छौँ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)