बेपत्ताको बिमा दाबी गर्न मृत्यु दर्ता नचाहिने
gorkhapatraonline.com · Wed Nov 04 01:32:16 UTC 2026

काठमाडौँ, कात्तिक १८ गते । गत भदौ १० गतेको रसुवा बाढीबाट प्रभावित जीवन बिमा गरेकाको परिवारलाई राहत पुग्ने गरी बिमा रकम भुक्तानी प्रक्रिया सहज बनाइएको छ । नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनी तथा लघु जीवन बिमा कम्पनीलाई मृत्यु दाबी, बिमालेख समर्पण, बिमालेख धितो कर्जा र बिमा अवधि पूरा भएपछि पाइने रकम भुक्तानी गर्दा आवश्यक कागजात तथा प्रक्रियामा सहजीकरण गर्न निर्देशन दिएको हो ।
प्राधिकरणले जारी गरेको निर्देशन अनुसार ल्हेन्दे खोला, भोटेकोशी, त्रिशूली र नारायणी नदी प्रणालीमा आएको बाढीबाट प्रभावित बिमित तथा उनीहरूका हकवालाले बिमा रकम प्राप्त गर्न पहिलेको तुलनामा सहज प्रक्रिया अपनाउन पाउने भएका छन् । विपत्का कारण कागजात नष्ट भएको, हराएको वा आवश्यक प्रक्रिया पूरा गर्न कठिनाइ भएको अवस्थालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)