मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार जना फरार

onlinekhabar.com · Wed Nov 04 01:32:39 UTC 2026

१८ कात्तिक, सुर्खेत । डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जनामध्ये अहिलेसम्म चार जना पक्राउ परेका छन् । मंगलबार रुकुम पश्चिमबाट दुई जना र बुधबार बिहान डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट थप दुई जना पक्राउ परेसँगै अझै चार जना फरार रहेका छन् ।

बुधबार बिहान ३ बजे त्रिपुरासुन्दरी नगरपालिका–४ बाट पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का कपिल परियार रहेको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)