पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजाललाई भ्रष्टाचार मुद्दा
annapurnapost.com · Wed Nov 04 01:47:30 UTC 2026

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा सट्टापट्टा गरी बिक्री वितरण गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीनमन्त्री एवं मन्त्रिपरिषद् सामाजिक समितिका संयोजक डा. मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचारसम्बन्धी यो दोस्रो मुद्दा हो ।
अख्तियारले सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ एन्ड कम्पनी प्रालि (रिजाल टासी) को नाममा रहेको हदबन्दी छुटको जग्गा सट्टापट्टा गरी बिक्री वितरण गरेको प्रकरणमा विशेष अदालतमा मंगलबार आरोपपत्र दायर गरेको प्रवक्ता सहसचिव सुरेश न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)