बढ्दै राष्ट्रिय खेलकुदलक्षित गतिविधि
gorkhapatraonline.com · Wed Nov 04 01:49:46 UTC 2026
सुर्खेत, कात्तिक १८ गते । कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालक्षित गतिविधि बढेका छन् । प्रतियोगिताको मिति नजिकिँदै गर्दा प्रतियोगितालक्षित गतिविधि अघि बढाइएको छ । आउँदो मङ्सिरबाट सुरु हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘काउन्ट डाउन’ सुरु भएको छ ।
कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको यो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुँदै छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीको उपस्थितिमा ३० दिने काउन्ट डाउन सुरु गरिएको हो । प्रतियोगिताका लागि देशका विभिन्न जिल्ला तथा प्रदेशमा जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया तीव्र रूपमा चलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)