महानगरपालिका र सांस्कृतिक संस्थानबिच सम्झौता
gorkhapatraonline.com · Wed Nov 04 01:53:50 UTC 2026

काठमाडौँ, कात्तिक १८ गते । काठमाडौँ महानगरपालिका र सांस्कृतिक संस्थानबिच ‘बुक फ्री फ्राइडे, पुस्तकरहित शुक्रबार’ कार्यक्रमलाई निरन्तरता दिने सन्दर्भमा पुनः सम्झौता भएको छ । विगत तीन वर्षदेखि महानगरको गौरवको योजना अन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ मूल भावका साथ सामुदायिक विद्यालयमा लागु गरिएको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई निरन्तरता दिन संस्थान र महानगरबिच सम्झौता भएको हो ।
उक्त सम्झौतामा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन र महानगरका शिक्षा विभाग प्रमुख नमराज ढकालले हस्ताक्षर गर्नुभयो । सङ्गीत (गायन, वादन र नृत्य) सम्बन्धी प्रशिक्षणलाई निरन्तरता दिने सन्दर्भमा पुनः सम्झौता भएपछि संस्थानले यस आर्थिक वर्षका लागि १६५ जना प्रशिक्षक सूचीकरण गर्ने जनाइएको छ । उक्त कार्यक्रमका लागि सांस्कृतिक संस्थानका महाप्रबन्धक पुनको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)