स्वास्थ्य सुधारको घोषणा दराजमै थन्किने जोखिम
ratopati.com · Wed Nov 04 02:03:15 UTC 2026

काठमाडौँ । सार्वजनिक स्वास्थ्य संस्थाहरूको प्रशासनिक जवाफदेहिता र सेवाप्रवाह सुधार्ने उद्देश्यले गरिएका उच्चस्तरीय कार्यसम्पादन सम्झौता केवल कागजी औपचारिकतामै सीमित बन्ने देखिएको छ । सम्झौताका तोकिएका सूचक र लक्ष्यहरूको प्रभावकारी अनुगमन तथा नियमन नहुँदा यी घोषणा कार्यान्वयनमा सकस देखिएको हो ।
कार्यसम्पादन सम्झौतामा मुख्यतया नीतिगत, पुँजीगत खर्चको दर, आयोजनाको भौतिक प्रगति र सार्वजनिक गुनासो फर्छ्यौट जस्ता प्रमुख सूचकहरूलाई समावेश गरिएका हुन्छन् । यस्तै, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, बेरुजु फर्छ्यौट गर्ने विषयलाई मन्त्रालयहरूको मुख्य कार्यप्रगतिको आधार मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)