आजको मौसम : पाँच प्रदेशमा बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
arthadabali.com · Wed Nov 04 02:01:26 UTC 2026

काठमाडौँ / हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)