मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

२ हजार जनाको लक्ष्य राखेको निःशुल्क AI तालिममा ६८ हजारभन्दा बढी आवेदन, सबै आवेदकलाई तालिम दिने निर्णय

rajdhanidaily.com · Wed Nov 04 00:06:00 UTC 2026

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाईमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘Mastering AI with Effective Prompt Engineering’ विषयक निःशुल्क अनलाइन तालिममा ६८ हजार भन्दा बढी आवेदन प्राप्त भएका छन् । सुरुमा दुई हजार युवालाई लक्षित गरी योजना गरिएको उक्त तालिममा अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएपछि आवेदन दिएका सबै आकांक्षी युवालाई तालिममा सहभागी गराउने निर्णय भएको छ ।

यसका लागि तालिम सुरु हुनुभन्दा दुई घण्टाअघि SMS मार्फत लिंक पठाइने व्यवस्था गरिएको र प्राप्त लिंकबाट तालिममा आवेदन दर्ता गराएका सहभागीहरूलाई मात्र दर्ता गरिएको नाम र मोबाइल नम्बरका आधारमा आफूले आवेदन फाराममा रोजेको सत्रअनुसार तालिममा सहभागी हुने व्यवस्था गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)