मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच फार्ममा च्याउखेती गर्दै पार्वती, वार्षिक दुई लाखसम्म आम्दानी

aarthiknews.com

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यावसायिक च्याउखेतीबाट आत्मनिर्भर बनेकी छन् । २०६९ सालमा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर बन्न च्याउखेती सुरु गरेकी हुन् । सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउखेती सुरु गरेकी थापाले हाल पाँचवटा फार्म सञ्चालन गरी वर्षभरि च्याउ उत्पादन गर्दै आएकी छन् ।

‘श्रीमान् बितेपछि केही गर्न पनि अरूसँग पैसा माग्नुपर्ने अवस्था आयो, अरूले पैसा छैनभन्दा नराम्रो लाग्थ्यो,’ उनले विगत सम्झँदै भनिन्, ‘अरूलाई पैसा माग्नुभन्दा आफैँ केही गरेर आत्मनिर्भर बन्ने सोच आयो ।’

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)