आज एनपीएलमा ‘रेस्ट डे’, लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा
bishowkhabar.com · Wed Nov 04 02:40:25 UTC 2026
काठमाडौं – कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज कुनै खेल हुने छैन । प्रतियोगितामा सहभागी टोलीलाई एक दिन विश्राम दिइएकाले आज ‘रेस्ट डे’ राखिएको हो ।
मंगलबार भएको खेलमा पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)