एनपीएल : आज विश्राम, कुनै पनि खेल नहुने
arthadabali.com · Wed Nov 04 02:42:59 UTC 2026
काठमाडौँ / राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कुनै पनि खेल हुने छैनन् । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार आज विश्राम राखिएको हो। प्रतियोगिता अन्तर्गत भोलि दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्टस भिड्दा साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किङ्स प्रतिस्पर्धा गर्नेछन् । हालसम्म ३ खेलमध्ये दुई जित र एक खेलमा अंक बाँडेको लुम्बिनी ५ अंकसहित शीर्ष स्थानमा छ । लगातार ३ खेल नै हारेको पोखरा पुछारमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)