मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रारम्भिक नतिजामा ट्रम्पलाई धक्का, तल्लो सदनमा डेमोक्र्याटको बहुमतको प्रक्षेपण

corporatenepal.com · Wed Nov 04 03:24:53 UTC 2026

काठमाडौं । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा बहुमत हासिल गर्ने भएको छ । सीएनएनको डिसिजन डेस्कले गरेको प्रक्षेपणअनुसार डेमोक्र्याटहरूले तल्लो सदनमा जित हासिल गर्ने भएका हुन् । यससँगै रिपब्लिकन पार्टीले कायम राख्दै आएको प्रतिनिधिसभाको नियन्त्रण डेमोक्र्याटहरूको हातमा जाने भएको छ । अब राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षमा ह्वाइट हाउस र प्रतिनिधिसभाबीच राजनीतिक टकराव बढ्न सक्ने देखिएको छ ।

सिनेटतर्फ पनि डेमोक्र्याटिक पार्टीले महत्त्वपूर्ण सफलता हासिल गरेको छ। सीएनएनका अनुसार साउथ क्यारोलिनाको सिनेट निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार एनी एन्ड्र्युज विजयी हुने भएकी छन् । उनले रिपब्लिकन सिनेटर डार्लिन ग्राहमलाई पराजित गर्दै जित हासिल गरेकी हुन्। यससँगै रिपब्लिकन पार्टीले झन्डै तीन दशकदेखि आफ्नो नियन्त्रणमा राख्दै आएको सिनेटको उक्त सिट डेमोक्र्याटिक पार्टीले खोस्ने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)